Saturday, September 23, 2023

कपिलवस्तु सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण


कपिलबस्तु जेठ १३
कपिलवस्तुमा कोभिड १९को नयाँ भेरिअन्ट संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षा सतर्कतामा खटिएका कपिलवस्तु सामुदायिक अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री र हस्तान्त्रण गरिएको छ । सेवाका लागी निरन्तर फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीले बाध्यकारी अवस्था भोग्नु परेको बखत २५६५ औ बुद्ध जयन्तीको अवसरमा नेपाली काङ्ग्रेस का युवा नेता राजेश ज्ञवालीले अस्पताल ब्यवस्थापन समितिका डाक्टर तथा अस्पताल ब्यवस्थापन समिति का ब्यवस्थापक चन्द्रकान्त पोख्रेललाई हस्तान्तरण गर्नु भएको हो ।
कपिलबस्तुमा दोश्रो चरणको कोभिड १९ को संक्रमण घातक रुपमा फैलिरहेको र उक्त संक्रमणको रोकथामका लागी स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सर्जिकल सामाग्रीहरुको अभाव नहोस् भन्ने उद्देश्यले सर्जिकल मास्क, सनीटाईजर लगायतका सामाग्री उपलब्ध नेता ज्ञवालीले बताउनु भयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघ का अध्यक्ष डोलकराम घिमिरे , तरुण दल अध्यक्ष शक्ति सिंह ठकुरि , दिनेश क्षेत्रि , दुर्गा अर्याल लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *