Saturday, September 23, 2023

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा किरण पौडेल निर्विरोध निर्वाचित,प्रदेश तथा विभागको जिम्मेवारी प्रदान

काठमाडौँ, १८ जेठ । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा किरण पौडेललाई निर्विरोध निर्वाचित भएसँगै संगठनलाई चलायमान बनाउन विभागीय जिम्मेवारी दिनुभएको छ । २०४७ सालमा प्रधानमन्त्री ओलीकै नेतृत्वमा राष्ट्रिय प्रजातान्त्रीक युवा संघको नामबाट नेपाली युवाहरुको भाग्य र भविष्यलाई संवैधानीक, रोजगारी, आत्मनिर्भर, दक्षता अभिवृद्धिलाई उच्च बनाउँदै १३औं अध्यक्षको जिम्मेवारी पौडेलले आजदेखी संहाल्नुभएको हो ।

निवर्तमान बचनबहादुर सिंको अध्यक्षतमा जेठ १६ र १७ गते भर्चुअल माध्यमबाट बसेको केन्द्रीय सचिवालयको बैठकले पौडेललाई सर्वसम्मत् अध्यक्षतामा निर्वाचित गरेको हो । बैठकको दोस्रो दिन पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, संगठनका इन्चार्ज, पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, निरुदेवी पाललगायतका नेतृत्वले संगठनलाई देशको रहरलाग्दो, जनताको नजरमा भरलाग्दो तथा जनमूखी परिवर्तनको लागि डरलाग्दो संगठन देशभर व्यापकमात्रामा विस्तार गर्न निर्देशन दिएसँगै संगठनको सचिवालयको पहिलो बैठकले संघका नेतालाई महत्वपूर्ण विभागीय जिम्मेवारी दिएको संगठनका प्रवक्ता असोक चौलागाईले जानकारी दिनुभयो ।

जहाँ समस्या, त्यहाँ युवा संघ भन्ने मान्यतालाई आम नेपाली जनताको माझमा परिचित गराएको युवा संघले आम नेपाली युवाहरुको आशा र भरोसाको केन्द्रको रुपमा स्थापीत भइसकेको छ । यही मान्यतालाई अझ बढी जनमूखी बनाउनको लागि अध्यक्ष पौडेलले पदभार ग्रहण गरेसँगै पहिलो निर्णको रुपमा संगठनको नेतालाई विभागीय तथा प्रदेशको जिम्मेवारी प्रदान गर्नुभएको प्रवक्ता चौलागाईले जानकारी दिनुभयो ।
जिम्मेवारी प्राप्त गर्नुहुने नेतृत्वहरुमा संगठन विभागको प्रमुख क्षितीज थेवे (उपाध्यक्ष), प्रचार विभागको प्रमुख असोक चौलागाई (उपाध्यक्ष), महिला विभागको प्रमुख उर्मिला सुनुवार (उपाध्यक्ष), विदेश विभाग तिरण गौतम (उपाध्यक्ष), प्रकाशन विभाग रोशन बस्नेत (उपाध्यक्ष), प्रशिक्षण विभाग निर्पिन्द्र महत (उपाध्यक्ष), कार्यालय विभाग रामजी सापकोटा (उपमहासचिव), कृषि विभाग जय गुरुङ आर्थिक विभाग मुकेश बुढाथोकी (कोषाध्यक्ष)लाई जिम्मेवारी दिइएको छ । त्यस्तै श्रम बिभागको प्रमुख प्रमुख रामकाजि बान्तावा (सचिव), बिज्ञान तथा प्रविधी बिभाग प्रमुख बिष्णुहरी त्रिपाठी (सचिव), पर्यटन बिभागको प्रमुख सुनिता बाेगटी, सहकारी बिभागको प्रमुख रविन थापा , प्राकृतिक स्रोत साधन बिभागको प्रमुख दिपेन पोमु रहनुभएको छ ।
त्यस्तै प्रदेश नं. १ को इन्चार्ज अञ्जना अधिकारी (उपाध्यक्ष), संयोजकमा विजय डाँगी, प्रदेश २ को इच्चार्ज संजिव कुमार झा (उपाध्यक्ष), संयोजक शिवचन्द्र सिंह, बाग्मती प्रदेशको इन्चार्ज अमित लामा (उपाध्यक्ष), संयोजक प्रकाश गौतम, गण्डकी प्रदेशको इन्चार्ज सन्तोष रावल (उपाध्यक्ष), संयोजक महेन्द्र गुरुङ, लम्बिनी प्रदेशको इन्चार्ज सुमन पुरी (उपाध्यक्ष), संयोजक तुलबहादुर अधिकारी, कर्णाली प्रदेशको इन्चार्ज सुमन बुढा (उपाध्यक्ष) र सुदुरपश्चिम प्रदेशको इन्चार्ज गजेन्द्र शाही (उपाध्यक्ष), संयोजक सन्तोष जोशी, प्रबास ईन्चार्ज योगेश साउदलाई जिम्मेवारी दिइएको छ । त्यस्तै विशेष प्रदेश कमिटीको इन्चार्जमा पुष्प श्रेष्ठ तथा संयोजकमा राजन थापालाई जिम्मेवारी दिइएको प्रवक्ता चौलागाईले जानकारी दिनुभयो

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण भर्चुअल माध्यमबाट सचिवालयको बैठकले नयाँ जिम्मेवारी प्रदान गरेता पनि संगठनको केन्द्रीय सदस्यहरु पहिलेकैलाई यथावत राखिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । अबका दिनमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सम्पूर्ण संगठन परिचालित गराउने र कोरोना नियन्त्रण आउनसाथ संगठनको महाधिवेशन गराउने आफ्नो लक्ष्य रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *