Tuesday, September 26, 2023

कैलालीमा निषेधाज्ञा जेठ ३१ गते सम्म

कैलालीमा जेठ ३१ गते निषेधाज्ञा लम्बिएको छ । कोरोना महामारी यथावत् रहेकाले निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

आइतबार मङ्गलवार बिहीबार  शनिवार  मात्र बिहान ६ देखि १० बजेसम्म खाद्यान्न तरकारी डेरी मासु पसल खोल्न पाउने व्यवस्था मिलाइएको उनले बताए ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा प्रशासन कार्यालयले  निषेधाज्ञा बढाइको हो । कैलालीमा निषेधाज्ञा थपिएको यो ६ औँ पटक हो।

यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि जेठ १ गतेदेखि जेठ ६ गतेसम्म, ७ गतेदेखि १३ गते र १४ देखी २१ गते सम्म निषेधाज्ञा जारी गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *