पोखरा, २० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई करिव १० लाख वरावरको स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रणलाई रोकथाम तथा नियन्त्रण गर्ने लक्ष्यका साथ संघको गण्डकी प्रदेश कमिटीको व्यवस्थापनमा स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको हो । वितरण गरिएका सामाग्रीहरुमा ५० थान अक्सिजन सिलिण्डर, ३५ थान पीपीई, २४० थान सेनेटाइजर, ५६ सय माक्सलगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् । गण्डकी प्रदेशका संयोजक महेन्द्र गुरुङको संयोजनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी डा. डुकबहादुर क्षेत्रीलाई उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको संघका महासचिव रमेश आचार्यले जानकारी दिनुभयो ।
हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशभरका युवाहरु स्वयंसेवकको रुपमा परिचालन गर्ने उद्घोष गर्दै मानविय जीवनको रक्षाको निम्ती संघले जस्तोसुकै चुनौतिको सामाना गरि अगाडी बढ्ने दृढता व्यक्त गर्नुभयो । कोरोनाको विरामीलाई अक्सिजनलगायतका स्वास्थ्य सामाग्री अभाव भइरहेको जनगुनासोलाई मध्यनजर गर्दै आगामी दिनमा विरामीलाई सहज बनाउन केही हदसम्म भए पनि अन्य अस्पताललाई समेत सिलिण्डरलगायतका स्वास्थ्य सामाग्रीहरु व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अध्यक्ष पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलुन्टियर परिचालन गर्ने बताउनुभयो । उहाले तीन महिना भित्र हरेक जनता लाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गर्नुभयो । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोल- टोल तहसम्म हज्जरौ स्व्यम्सेवक परिचालन गर्ने उहाले बताउनुभयो । नेपालमा कोभिड १९ को संक्रमणसगै यस्को नियन्त्रण, रोकथाम ,राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हजारौ नेता कार्यकर्ता परिचालित रहेको उहाले दाबी गर्नुभयो
उक्त हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, राजिब पहारी र मन बहादुर गुरुङको उपस्थिती रहेको थियो । त्यस्तै संघका उपाध्यक्ष क्षितिज थेवे, उर्मीला सुनुवार, अशोक चौलागाईं, पुष्पराज श्रेष्ठ, महासचिव रमेश आचार्य, उप-महासचिव रामजी सापकोटा, स्थायी कमिटी सदस्य विकास अधिकारी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा। श्रीकृष्ण श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेसु डा। भरत बहादुर खत्री, संघका केन्द्रीय नेताहरु शंकर भण्डारी, सुवास सापकोटा, सन्दिप घिमिरे र अविनास बास्तोल तथा संघका जिल्ला नेता लगायतको उपस्थिति रहेको थियो ।