युगअस्त्र दैनिकका प्रकाशक/सम्पादक वीरेन्द्र बहादुर रावलकाे पहलमा अमेरिका बस्ने कृष्ण अार्चाय र नेपालकाे काेहलपुरमा बस्ने प्रशान्त अार्चायकाे अार्थिक सहयाेगमा माेहन्याल गाउँपालिकाका अति विपन्न परिवारलाई खाध्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएकाे छ ।
खाध्यान्न र स्वास्थ सामग्री गाउँपालिकाकाे वडा नम्बर ३, ६ र ७ का अति विपन्न परिवारलाई वितरण गरिएकाे युगअस्त्र दैनिकका प्रकाशक सम्पादक वीरेन्द्र बहादुर रावलले जानकारी दिनुभयाे । उहाँले एक लाख १० हजार बराबरकाे चामल, नुन, तेल र स्वास्थ्य सामग्रीहरू ६५ जनालाई वितरणा गरिएकाे बताउनु भयाे ।
वितरण कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्यबहादुर थापाकाे पनि सहभागिता रहेकाे थियाे । सहभागी कार्यक्रममा बाेल्दै सभापति थापाले रहात वितरणका लागि सहयाेग गर्नुहुने अार्चाय र रावललाई धन्यवाद दिनुभयाे । उहाँले भन्नुभयाे, गाउँपालिका भित्रका हातमुख जाेड्न गाह्राे भएकाहरूलाई अाफूले पनि सहयाेग छु ।