दिवेश कुमार महतो ,जेठ ३० ; धनुषा बालबालिकाको चौतर्फी विकासका लागि धनुषाको मिथिला नगरपालिकामा स्थापना भएको मिथिला नगर बाल संजाल लाई एक कार्यक्रमका बिच कार्यालय मै मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक उप-शाखा ढल्केबर द्वारा आबद्धता प्रमाण पत्र प्रदान गरिएको छ।
अधिकारको प्रबद्र्धनमा अभिव्यक्त सामुहिक प्रतिबद्धताको सम्मान गर्दै नेपाल सरकार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक उप-शाखा द्वारा संजालका अध्यक्ष अंकित कुशवाहा लाई आबद्धता प्रमाण पत्र दिई काम गर्न निर्देशन दिएका छन्। मिथिला बाल संजालको गठन केहि महिना अगाडि नै ढल्केवरको राधाकृष्ण मन्दिर मा नगर प्रमुख हरि नारायण महतो, उपप्रमुख तारा लामा बस्नेत, महिला बालबालिका तथा ज्येष्ठ नागरिक उप-शाखा ढल्केबर का प्रतिनिधि मिलन श्रिवास्तव लगायत वाडा अध्यक्ष को उपस्थिति मा एक समारोहका विच मिथिला नगर बाल संजालको गठन भएता पनि केही सदस्य समितिहरुको अनुपस्थित र इच्छुक नभएको खण्डमा निष्काशन गरि नयाँ सदस्य समिति समेत चयन गरिएको कुरा संजालका सचिव अमित कुमार महतोले बताए।
मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक उप-शाखा का प्रतिनिधि मिलन श्रिवास्तवले संजालका अध्यक्ष अंकित कुशवाहा लाई आबद्धता प्रमाण पत्र दिई, बालबालिकाको चौतर्फी विकासका लागि हरेक क्षेत्रबाट बालबालिकाको गुनासो, समस्या आदि जस्ता विषयहरुमा विशेष ध्यान दिन आग्रह गरेका छन्। त्यस्तै नगरपालिकाबाट सम्पुर्ण सदस्य समितिहरुलाई कार्यभार सम्हाल्न निर्देशन दिदै नवनियुक्त समिति लाई शुभकामना दिएका छन्।
मिथिला नगर बाल संजालको अध्यक्ष अंकित कुशवाहा, उपाध्यक्ष आरती कुमारी साह ,सचिव अमित कुमार महतो, नवनियुक्त नयाँ सह-सचिव दिवेश कुमार महतो, कोषाध्यक्ष अनिशा कुमारी महरा र सदस्यहरुमा सोनीका शर्मा ,जोगेन्द्र कुमार महतो, इन्द्रजित कुमार महतो ,शिवम कुमार महतो, श्याम कुमार महतो, सुलेखा कुमारी महतो ,काजल कुमारी महतो ,शिशिर नेपाली ,मन्जित कुमार महतो गरी जम्मा १५ जना यस संजालका समिति रहेको कुरा संजालका सचिव अमित कुमार महतोले