Tuesday, September 26, 2023

पेट्रोलको मुल्य प्रतिलिटर १२९ पुग्यो,खाना पकाउने ग्यासको पनि मुल्य वृद्धि

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । 
यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। 
यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । यस्तै खाना पकाउने ग्यास प्रति सिलिन्डर रु २५ बढाएर १४२५ रुपैयाँ कायम गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *