Sunday, September 24, 2023

सर्बोच्च अदालतको आदेश स्वागतयोग्य -चार दलिय गठबन्धन घोडाघोडी (बक्तब्य सहित)

सुखड-सर्वोच्च अदालतले गरेको फैसलाको घोडाघोडीमा रहेका चार दलीय गठबन्धनले स्वागत गरेका छन् ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेको भन्दै नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र जनमोर्चा नेपालले संयुक्त वक्तव्य जारी गर्दै स्वागत गरेको हो ।

वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसद् विघटन गरेर जनतालाई निराश तुल्याइएको बताइएको छ । सर्वोच्चको निर्णयले संविधानको रक्षा र लोकतन्त्र तथा विधिको शासनलाई स्थापित गरेको उल्लेख गरिएको छ ।

‘सर्वोच्चको यो फैसलाले देशमा न्याय मरेको छैन भन्ने प्रमाणित गर्दै संविधान माथि कोही छैन भन्ने पुन तः प्रमाणित गरेको छ’संयुक्त वक्तव्यमा भनिएको छ  ।

नेपाली काँग्रेसका तर्फबाट नगर सचिव मानबहादुर विष्ट, माओवादी केन्द्रका सचिव खगेन्द्र हमाल, जसपाका नगर संयोजक पञ्चराम चौधरी र जनमोर्चाका नगर इन्चार्जले हस्ताक्षर गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *