Thursday, September 28, 2023

असोज मसान्तभित्र एकतिहाइ जनसंख्यालाई कोभिड खोप उपलब्ध गराउने – देउवा सरकारको पहिलो निर्णय

सरकारले आगामी असोज मसान्तभित्र एकतिहाइ जनसंख्यालाई कोभिड खोप उपलब्ध गराउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मंगलबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो । 

कोभिडको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई जोखिमभत्ता एक हप्ताभित्र उपलब्ध गराउन सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ । 

कार्कीले शान्ति सुरक्षा, कोभिड–१९ को रोकथाम र नियन्त्रण, आर्थिक संमृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, विकास निर्माण कार्यमा तिब्रता, सार्वजनिक सेवाका प्रभावकारी वितरण, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, विपद्को प्राथमिकताका साथ व्यवस्थापन, स्थानीय तहको निर्वाचन सरकारको प्राथमिकतामा रहेको बताए । 

आगामी असोज मसन्ताभित्र एक तिहाई जनसंख्या र चैतमसान्तभित्र खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई पूर्ण मात्रामा खोप लगाउने व्यवस्था गर्ने बताए ।  
कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको विवरण सार्वजनिक गर्ने, महामारीमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिमभत्ता एक हप्ताभित्र उपलब्ध गराउन सुरु गर्ने, महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न एक महिनाभित्र विशेष प्याकेज ल्याउने निर्णय भएको बताए । 

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । सरकारी र सार्वजनिक निकायमा योग्यताप्रणालीमा आधारित कार्यविधि निर्माण गरी कार्यन्वयनमा ल्याउने निर्णय पनि बैठकले गरेको कार्कीले जानकारी दिए ।

यसअघि मंगलबार नै प्रधानमन्त्री र मन्त्रीहरूले शपथ लिएका थिए । लगत्तै उनीहरूले पदभार ग्रहण गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *