होम प्र. आचार्य असोज ९
घोडाघोडी नगरपालिका को वार्ड नं १ सुखड बजारको चोकमा अव्यवस्थित फालिएको फोहोर सम्बन्धी “फोहोरको डम्पिङ साइड बन्दै सुखड चोक “शीर्षक मा हिजो मात्र समाचार सम्प्रेसित भएको थियो र त्यस संबंधि सम्बन्धित निकायको ध्यााकर्षण भएको देखिएको छ। ।

आज मात्रै सुखड बजार को चोक मा थुपारिएको फोहोर सफाइ कर्मी मार्फत उठाउन लागिएको छ।अब त्यहाँ फेरि पनि फोहोर फाल्नेलाई दण्ड जरिमाना सहितको होडिङ बोर्ड राख्नु पर्ने देखिएको छ ।यस सम्बन्धी घोडाघोडी नगरपालिका को ध्यान जान जरुरी देखिएको छ।