कञ्चनपुरमा २ दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले शुक्रबार र शनिबार विद्युत अवरुद्ध हुने जानकारी दिएको छ।
नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रिड शाखाका अनुसार लालपुर सबस्टेशनको नयाँ टान्सफर्मरको कनेक्सन चार्ज गनुपर्ने भएकाले शुक्रबार महेन्द्रनगर क्षेत्रमा र शनिबार लालपुर र दैजी फिडरमा बिहान ६ बजे देखि ११ बजेसम्म लाइन अवरुद्ध हुने जानकारी दिएको हो ।
