Saturday, September 23, 2023

सेयर बजार परिसूचक नेप्से तीन हजारमा उक्लियो

सेयर बजार परिसूचक नेप्से तीन हजार माथि उक्लिएको  छ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचक १८ दशमलभ ७५ अंकले बढेर ३ हजार ४ दशमलभ ३१ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.०६ अंकले बढेर ५६२ दशमलभ २४ विन्दुमा पुगेको छ । आज बैंकिङ्ग हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहहरु चम्किदा समग्र नेप्सेमै सकारात्मक प्रभाव पर्न गएको हो । 

यस दिन कुल २२२ कम्पनीका ५ करोड ५९ लाख कित्ता माथिको सेयर १ लाख १४ हजार पटक माथि किनबेच हुँदा अधिकतम ११ अर्ब ११ करोड ४१ लाख माथिको कारोबार भएको छ । 

जबकी गत मंगलबार सेयर बजार परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झर्दा ७ अर्ब ८९ करोड ७५ लाखको मात्र कारोबार भएको थियो । गत बुधबार सार्वजनिक विदा पर्दा सेयर बजारमा कुनै कारोबार हुन सकेन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *