Tuesday, September 26, 2023

चीनबाट आठ लाख मात्रा खोप प्राप्त

छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ ।

चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उहाँले बताउनुभयो ।

उहाँले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिनुभयो । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 2

Leave A Reply

Your email address will not be published. Required fields are marked *