Sunday, September 24, 2023

भीम रावलले दिएको राजीनामा आज फिर्ता लिने

काठमाडौँ – संघीय सांसदबाट राजीनामा घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नो निर्णयबाट पछि हट्ने भएका छन् । रावलले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता गर्ने भएका हुन् ।

रावलले आज नै राजीनामा फिर्ता लिने स्रोतले जनाएको छ । पछिल्लो समय एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उनले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि सांसद पद छाड्ने घोषणा गरेका थिए ।

साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए । यद्यपि उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाइसकेको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *