Thursday, September 28, 2023

मुलुकभर २९७७ जनामा कोरोना पुष्टि, थप १८ को मृत्यु

पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ३०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३ हजार ६९८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९८२ जना र ३ हजार ६१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३० हजार १४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनामुक्त भए, १८ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार ३०८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *