प्रकाश सिलवालको अध्यक्षतामा शिक्षा पत्रकार समाज गठन भएको छ। यही असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी विधिवत् मान्यता पाएको हो।

बोर्डको उपाध्यक्षमा देवी सापकोटा, महासचिवमा शेषकान्त पण्डित, सचिवमा मतिना त्वनावासु र कोषाध्यक्ष श्याम तण्डुकार रहेका छन्। यस्तै सदस्यमा यशोदा अधिकारी, बालमुकुन्द आचार्य, सुनिल आचार्य, सुरेश यादव, विद्या राई र शर्मिला विश्वकर्मा रहेका छन्।
शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवीसहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवं विस्तारका लागि आमसञ्चार तथा पत्रकारिताको उच्चतम सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाइनलगायत सञ्चारमाध्यममा शिक्षा विधामा कार्यरत पत्रकारको अधिकार संरक्षण तथा क्षमता अभिवृद्धिसमेत गर्न पत्रकारको सहभागितामा सङ्घीयस्तरको समाज गठन गरिएको अध्यक्ष सिलवालले बताए।