Sunday, September 24, 2023

सुजिता मृत्यु प्रकरण : दाइ नाता पर्ने पक्राउ

सुजिता भण्डारी मृत्यु प्रकरणमा उनको आफ्नै ठूलो बुबाको छोरालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले कार्यालयमा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएको हो  । 

मृतक सुजिताको पृष्ठभूमि लगायत अन्य गतिविधिको सुक्ष्म अनुसन्धान गर्ने क्रममा ठूलो बुबाको छोरा सचिन भनिने शुकदेव भण्डारीसँग अनैतिक सम्बन्धले घटना भएको  कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए । उनका अनुसार सुजिता पढ्नका लागि काठमाडौंमा ‘दिदीको घर जान्छु’ भनेर गएको र केही दिनपछि शुकदेवलाई अलग्गै कोठा खोज्न लगाई सँगै बसेको प्रहरीको दाबी छ । 

“सुजिता पढ्नका लागि काठमाडौं जाने योजना र शुकदेवसँग सँगै बस्ने योजना बनाएको देखिन्छ,” प्रहरी उपरीक्षक अधिकारीले भने । शारीरिक सम्बन्ध भएपछि नैतिक तथा सामाजिक डरले सुजिताले पटक–पटक बिहे गर्न दबाब दिँदै आएको र उनीहरूले विभिन्न विकल्प खोजेको प्रहरीको अनुसन्धानले देखाएको छ।

दुईजनाबीच बिहेको बिषयमा विवाद हुँदा असार ९ गते सुजिताले ‘मर्छु’ भनेर घुर्की देखाएको र शुकदेवले जेसुकै गर भनेपछि उनीहरूबीच त्यो दिनबाट दोहोरो संवाद नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

काठमाडौंबाट प्रहरीले असार ७ गते साँझ शुकदेवलाई पक्राउ गरी थप अनुसन्धानको अघि बढाइएको जनाएको छ । चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आत्महत्या दुरुत्साहन ठहर भएमा पाँच वर्ष कैद र ५० हजार रुपयाँ जरिबानाको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 98

Leave A Reply

Your email address will not be published. Required fields are marked *