Thursday, September 28, 2023

जिल्ला अस्पताल बैतडीमा थप १० बेडको कोभीड वार्ड सञ्चालन

 जिल्ला अस्पताल बैतडीले थप १० बेडको कोभीड वार्ड सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको तेश्रो लहर आउन सक्ने चेतावनी आईरहेका बेला पूर्व तयारी स्वरुप जिल्ला अस्पतालले थप १० बेडको कोभीड वार्ड सञ्चालनमा ल्याएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । 

जिल्ला अस्पतालको निर्माणाधिन नयाँ भवनमा १० बेडको कोभीड वार्ड सञ्चालनमा ल्याईएको उनले बताए । यसअघि जिल्ला अस्पतालमा १८ बेडको कोभीड वार्ड सञ्चालनमा छ । कोरोना भाइरसको तेश्रो लहर आउन सक्ने र त्यसका लागि पूर्वतयारी स्वरुप कोभीड वार्ड सञ्चालनमा ल्याईएको डा. जोशीले बताए । 

स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोेरोना भाइरसको महामारीसंग जुध्नका लागि थप १० बेडको वार्ड सञ्चालनमा ल्याएको हो ।  बैतडीमा अहिले सक्रिय संक्रमितको संख्या २७ रहेको छ भने कोरोनाबाट १८ जनाको मृत्यु भईसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *