Thursday, November 30, 2023

गण्डकीमा मन्त्रिमण्डल विस्तार

गण्डकी प्रदेशमा मन्त्रिमण्डल  विस्तार गरिएकोे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज छ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका छन्।
    
थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानून, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भूसंरक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको  जिम्मेवारी पाएका छन्।विज्ञापन

नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री  नेपालीका उपस्थितिमा पद तथा गोपनीयताको शपथ  गराइन्। शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोला, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, प्रदेश सरकारका सचिवलगायतको उपस्थिति थियो   विज्ञापन

यसअघि मुख्यमन्त्री पोखरेलले कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई मन्त्री पदमा नियुक्त गरेका थिए। खड्का भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था, आचार्य ऊर्जा, जलस्रोत र खानेपानी मन्त्रालय, अधिकारी स्वास्थ्य तथा जनसङ्ख्या र गुरुङ युवा तथा खेलकूदमन्त्रीको जिम्मेवारीमा छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *