Tuesday, September 26, 2023

प्रधानमन्त्री देउवा र सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट बीच भेटघाट

 प्रधानमन्त्री शेरवहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बीच भेटघाट भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्ट बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको  मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाब्य जोखिम र नियन्त्रणको प्रयास बारेमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई  जानकारी गराएको जनाएको छ । यस्तै  कोरोना बिरुद्धको खोप र प्रदेशको समग्र बिकासको बारेमा पनि छलफल भएको मुख्यमन्त्रीका स्वकिय सचिव ओलीले जानकारी दिए । केही दिनदेखि सङ्घीय राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट आजै धनगढी फर्किने कार्यक्रम रहेको जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *