Saturday, September 23, 2023

कोभिडको त्रासबीच टोकियोमा ओलम्पिक खेलकुद सुरु

 विश्वको सबभन्दा ठूलो कुम्भ भनेर चिनिने ओलम्पिक खेलकुदको ३२ औं संस्करण जापानको राजधानी टोकियोमा सुरु भएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण एक बर्ष पछि धकेलिएको यस आयोजना अहिले पनि कोरोनाको प्रभावबाट मुक्त रहन सकेन ।

कोरोनाको त्रासकाबीच एक हजार बढी उच्च पदस्थ व्यक्तित्वको उपस्थितिमा उदघाटन समारोहलाई भव्य र चित्ताकर्षक बनाइएको छ । २ सय ४ देशका ११ हजार बढी खेलाडीको सहभागिताबीच यसपटकको गृष्मकालीन खेलकुदको औपचारिक उद्घाटन गरिएको छ ।

१७ दिनसम्म सञ्चालन हुने यस ओलम्पिकका केही खेलहरु भने औपचारिक उदघाटन अघि नै सुरु भइसकेका छन् । कुल ३३ खेल समावेश गरिएको यसपटकको ओलम्पिकको कोरोनाको त्रासबीच नै खेलाडीहरुले प्रतिष्पर्धा गरिहेका छन् ।

जापानी सम्राट नारुहितोले उद्घाटन गरेको यो खेल कुम्भमा नेपालले पनि ५ खेलाडीलाई सहभागी गराएको छ । नेपाली खेलाडीहको पहिलो प्रतिष्पर्धा नै शनिबार छ । जुडोमा सानिया भट्ट र सुटिङमा कल्पना परियारले शनिबार आफनो क्षमता प्रदर्शन गर्दैछन् ।

उद्घाटन समारोहको मार्चमा पासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र अलेक्जेण्डर शाहले बोकेका थिए ।

सन् १९६४ मा टोकियोमा नै आयोजित ओलम्पिकमार्फत नेपालले ओलम्पिक यात्रामा पाइला राखेको थियो । त्यसयता नेपालले ओलम्पिकमा निरन्तर सहभागिता जनाउँदै आएपनि हालसम्म कुनै पनि संस्करणलाई सुखद अर्थात उपलब्धिपूर्ण बनाउन भने सकेको छैन ।

यसपटक पनि नेपालले खेलाडी कम र पदाधिकारी बढी पठाएर विवादको अर्को अध्याय खडा गरेको छ । जापानमा सुरु भएको ओलम्पिकको ३२ औ संस्करणलाई कोभिडकै कारण धेरैले खल्लो भएको र निरश रहने बताउँदै आएका छन ।

ओलम्पिक सुरु हुन अघिल्लो दिन बिहीबारसम्ममा सहभागी खेलाडीहरु मध्ये ९१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि हुँदा आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी झनै सचेत बनेको छ । यता जापानमा गत बुधबार ४ हजार ९ सय ३३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

संक्रमितको संख्या हरेक दिन बढ्दै जाँदा जापान सरकारले त्यस्को असर ओलम्पिकमा पर्न नदिन थप सतर्कता अपनाएको छ भने धेरै खेल स्थलहरुमा दर्शकको उपस्थितिलाई प्रतिबन्ध लगाएको छ । टोकियो र फुकुसिमा दुई प्रमुख शहरहरुमा आपद्काल लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *