पहिरोका कारण सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्तर्गत डडेल्धुराको गैरामा पहिरो खसेको हो । पहिरो पन्छ्याउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध बनेपछी त्यहाँ सयौँको संख्यामा गाडी रोकिएका यात्रुहरुले बताएका छन् ।