Sunday, September 24, 2023

कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द भयो तर फिर्ता भएन रकम

जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालन गर्न करारमा कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकको रकम भने फिर्ता भएको छैन ।

नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखालगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो ।

पछि सो विज्ञापन रद्द गरिएको थियो । रद्द भएको विज्ञापनका लागि निवेदकहरूबाट करिब डेड करोड रुपियाँ सङ्कलन भएको थियो ।

दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म ३२ हजार ६८६ जनाले आवेदन दिएका थिए । दरखास्त दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो गत वर्ष भदौ २९ गते दरखास्त आह्वान गरिएको थियो ।

अधिकृत स्तर पदका लागि एक हजार, सुब्बा स्तरको चार सय र श्रेणीविहीन स्तरको विज्ञापनका लागि तीन सय रुपियाँ आवेदन दस्तुर तोकिएको थियो । दस्तुरबापत करिब एक करोड ३६ लाख रुपियाँभन्दा बढी रकम नेपाल रेल्वे कम्पनीको खातामा जम्मा भएको थियो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले करारमा कर्मचारी भर्नाको लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकहरूले आवेदनबापत लागेको शुल्क फिर्ता पाउने बताउनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार सो आवेदन आह्वान गरिए पनि लोकसेवा आयोगको निर्देशनमा विज्ञापन रद्द गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *