होम प्र.आचार्य / सुखड, असोज १० ।
कैलाली को घोडाघोडी नगरपालिका-१ सुखड महेन्द्र राजमार्ग को चोक छेउको सार्वजनिक जग्गामा निर्माणधिन मदन आश्रित प्रतिक्षालय निर्माणले तिब्रता पाएको छ। अत्याधिक जन घनत्व र भितभाड हुने सो स्थानमा पूर्व पश्चिम उत्तर दक्षिण आवात जावत गर्दा विश्राम गर्नको लागि यात्रु प्रतीक्षा लय अत्यन्त आवश्यक रहेको थियो।
पहिले देखि नै प्रतिक्षालय रहेको सो स्थानमा अहिले बाटोमा परेकोले नयाँ आधुनिक र बाटोको एरिया भन्दा बाहिर सार्वजनिक जग्गामा बनाउन लागिएको हो ।प्रतिक्षालय बनाउनको लागि नेकपा को घोडाघोडी नगर पार्टी कमिटीले प्रतिक्षालय निर्माण उपसमिति बनाई निर्माण थालिएको हो।
प्रतिक्षालय आधुनिक र सुलभ सुविधा पुरुष महिला शौचालय र खानेपानी अनि अपाङ्गमैत्री लगाएतको सुविधा सहितको निर्माण गर्न लागिएको हो। त्यसको लागि आर्थिक संकलन गर्ने कार्य भैरहेको र नेकपा का नेता कार्यकर्ता लगाएत सबै सर्व साधारण शुभ चिन्तक जनता बाट स्वैच्छिक सहयोग जुटिरहेको छ।
प्रतिक्षालय सबैको साझा भएकाले सबैले सहयोग गर्नु पर्ने देखिएको छ। आज एक अनौचारिक कार्यक्रम गरी आर्थिक संकलन तिब्र पार्ने निर्णय गरिएको छ। कार्यक्रम मा प्रदेश सभा सदस्य अमर साउद, नेकपा प्रदेश कमिटी सदस्य भीमसेन चौधरी , कृष्ण मिश्र लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।