Thursday, September 28, 2023

महन्त ठाकुर र विप्लवबीच भेटवार्ता

नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

शनिवार बिहान ठाकुर निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् । दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको भेटमा सहभागी विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।

पछिल्लो समय राजनीतिक भेटवार्तामा व्यस्त रहेका विप्लवले अधिकांश राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरिसकेका छन् ।विप्लवले शुक्रवार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापालाई भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *