दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर रिफ्लेक्टिब स्टिकर बेल्ट लगाउने अभियान सुरुगरेको छ । कैलाली यातायात प्रा लिको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाडा पशु चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाउन थालिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहरा सहितको टोलीले धनगढीका सडकमा छोडिएका चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाएको हो । मोहना अत्तरिया ६ लेन सडक खण्ड तथा बजार क्षेत्रमा छोडिएका छाडा चौपायामा टल्कने स्टिकर लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
.jpg)
रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको थियो । रातिको समयमा हुने सडक दुर्घटना न्युनिकरणका लागि सवारी चालकले सहजै छाडा चौपायालाई देखुन भन्ने उद्धेश्य सहित चौपायाहरुलाई रिफ्लेक्टिब स्टिकर बेल्ट लगाएको प्रहरी निरिक्षक बोहराले बताए । अन्य स्थानको तुलनामा मोहना अत्तरिया ६ लेन सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा यो अभियान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
.jpg)