Tuesday, September 26, 2023

साउन १२ गतेका लागि तोकिएको कांग्रेसको वडा अधिवेशन स्थगित

नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । साउन १२ गतेका लागि तोकिएको देशभरको वडा अधिवेशन आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

क्रियाशील सदस्यताका विवादका कारण अहिलेलाई वडा अधिवेसन स्थगित गरिएको एक नेताले जानकारी दिए । वडा अधिवेशनको नयाँ मितिबारे आजको बैठकमा निर्णय नभएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

यस्तै आजको बैठकले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनमा बसेकाहरुसंग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहमहामन्त्री डा. रामशरण महतलाई जिम्मेवारी दिएको छ ।

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित हुने भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *