Thursday, November 30, 2023

शनिबार सेती प्रयोगशालामा १९ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार  गरिएको परीक्षणमा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त प्रयोगशालामा १३९ नमूनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै १२० जनाको रिपोर्ट निगेटिभ आएको छ ।

हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।यस्तै आज नै ३ जना बिरामी निको भएर घर फर्किएका छन भने १० जना अस्पताल भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 2

Leave A Reply

Your email address will not be published. Required fields are marked *