Saturday, September 23, 2023

युथ फोर्स भ्याली कमाण्ड घोषणामा किन गएनन् ओली ?

नेकपा (एमाले)को युवा संगठन अन्तर्गत गठित युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली गएनन् ।एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय रहेका नेताहरुले घोषणासभामा नजान आग्रह गरेपछि अध्यक्ष केपी शर्मा ओली अन्तिम समयमा रोकिएका हुन् ।

कार्य व्यस्तताका कारण प्रमुख अतिथी पार्टी अध्यक्ष ओली उपस्थित हुन नसकेपछि महासचिव ईश्वर पोखरेल  सहभागी भएका हुन् । 

अध्यक्ष ओलीलाई वार्ता प्रक्रियामा रहेका नेताहरुले माधव नेपालसँग भेटघाटको वातावरण बनाइरहेको र एकता प्रक्रियामा असर नपरोस भनेर सो कार्यक्रममा उपस्थित नहुन आग्रह गरेको एमाले स्रोतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *