Saturday, September 23, 2023

कठै न्याय हराएको मेरो देश .!

सभा,समारोह,बैठक अनि भाषणका क्रममा  त न्याय बारे हामी थुप्रै  प्रवचन सुनेका छौँ। जब वास्तविकता थाहा पाउँछौ,तब आँखा बाट  आँसु  खसाउनु अनि चुप लागेर बस्नु बाहेक अरू विकल्प हुँदैन ।न्यायका लागि जति नै  अदालत को ढोका ढकढक्याए पनि पीडितले  निष्पक्ष रूपमा न्याय पाउन सकेनौ ।घटना सँग सम्बन्धित सत्य–तथ्य प्रमाण भित्र–भित्रै लुकाइ दोषीलाई सजाय दिनुको सट्टा उसलाई  बचाइ थप अपराधीक कार्य गर्न प्रोत्साहन  गरिन्छ  भने पीडितलाई न्याय दिई मनोबल बढाउनुको सट्टा उल्टो मनोबल घटाउने काम  गरिन्छ  ।दुई  तिहाइको सरकार बाट पारित भएको  देशको मूल कानुन  संविधानको धारा २० मा  न्याय  सम्बन्धि  हक को  बारे  उल्लेख  गरिएको  छ । तर  जब  अन्याय पर्छ  तब  खोइ न्याय  पाएको ? महिला  अभिनेता, महिला जागरण,महिला  सशक्तीकरण भनी थुप्रै आवाज उठे  तर विडम्बना आज  त्यहीँ  महिला  अन्धकार  भविष्यलाई उज्ज्वल बनाउन  भन्दै  विद्यालय  जान  पनि  डर छ।झोलामा कापी,किताब ,कलम सङ्गै हतियार  राखेर हिँड्नु  पर्ने  अवस्था  छ  । विद्यालय  गएकी छोरी  साँझ घर  फर्किन्छे कि  फर्किने  भनी  बस्नु  परेको  छ  ।आखिर  किन ? बालबालिकाको  हक,महिलाको हक, समानपुर्वक बाच्न  पाउने  हक,स्वतन्त्रताको हक ,सामाजिक  सुरक्षा  को हक ,सामाजिक  न्यायको हक भनी  हामीले  पढेका  अनि  सुनेका छौँ ।तर  खोइ  त्यसको उपयोग  गर्न पाएका ? यदि  पाएका थियौ  भने  किन  पिँजडाको चरी जसरी  जिउनु परेको  छ  । देशका जुनसुकै  कुनामा  रहेका  महिला  आ–आफ्नै  परिवारको सदस्यबाट असुरक्षित  छन्।थाहा  छैन कति वेला कुन महिला बलात्कृत हुन्छिन् ?कुन बेला  हत्या  हुन्छ ? कुन बेला  एसिड आक्रमणमा पर्छिन् ?धनी र डनहरू रहेको मेरो  देशमा निमुखा जनताको  अन्यायको आवाज कसले सुन्छ ? काग कराउँदै  गर्छ पिना सुक्दै  जान्छ  भने जस्तै भयो मेरो  देशमा यहाँ न्यायका लागि  जति नै आवाज  उठे पनि आन्दोलन भइरहे पनि नेताहरूलाई  सधैँ कुर्ची  मात्र प्यारो भयो ।न्यायका लागि  जति नै जनता  कराए पनि दोषीलाई कहिले  पनि सजाय  हुँदैन किन ? दोषी  पत्ता  लगाउन  सकिएन ? july 26,2018 मा  निर्मला  पन्त को बलात्कार पछि हत्या  भयो । त्यसपछि बैतडीमा भागरती को हत्या ! खोई आज त्यो  घटना  घटेको  दुई तीन  वर्ष भयो तर उनीहरूको आत्माले शान्ति पाएको छैन ।भनिन्छ  सियो चोरले भोली सुन चोर्न सक्छ ।हिजो  निमंला माथि भएको  घटना  भोली हामी  सँग नहोला भन्न सकिन्न ।जब सम्म  पैसाको खोल वडने नेता,भ्रष्टाचारी अनि अपराधी हामो् समाज बाट हट्दैनन् तब सम्म देशका सोझा निमुखा  जनताले न्याय  पाउन  सक्दैन  ।यो कहिले  सम्म चल्छ सरकार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 98

Leave A Reply

Your email address will not be published. Required fields are marked *