राष्ट्रिय राजनीतिमा राष्ट्रवादी र अडान भएको नेताका रुपमा चिनिने नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आवेगमा दिएको सांसदबाट राजिनामा केही दिनमै फिर्ता लिए । उनले जुन कारण देखाएर राजिनामा दिएका थिए, त्यो अवस्थामा न त सुधार भएको थियो, न त परिवर्तन । राजिनामा दिन खोज्दा रावललाई नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेयले रोक्ने कोसिस गरेका थिए । तर उनले उल्टै पाण्डेयलाई हकारे ।
रावलले आइतबार देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि राजीनामाको घोषणा गरेका थिए । उनले आइतबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरुको अगाडी राजीनामा पत्र पढेर सुनाएका थिए ।
र राजिनामा पत्र सभामुखलाई बुझाए ।
रावल तिनै नेता हुन्, जो नेकपा एमाले सहितका सांसदको अगुवाई गर्दै तत्कालिन प्रधानमन्त्री र राष्ट्रपतिका बिरुद्ध सर्बोच्चमा मुद्दा दायर गर्न पुगेका थिए । उनकै अगुवाईमा शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सांसदहरुले हस्ताक्षर गरेका थिए । सांसदहरुको त्यही हस्ताक्षरलाई आधार बनाएर सर्बोच्चले ओलीलाई प्रधानमन्त्रीबाट हट्न बाध्य बनायो । र देउवाका लागि प्रधानमन्त्री हुने बाटो सुनिश्चित भयो ।
तर जव सुबिधाजनक बहुमत सहित देउवा प्रधानमन्त्री निश्चित भयो, तव रावल पछि हटे । त्यतिबेलासम्म उनले बरिष्ठ नेता नेपालको क्याम्प छोडेको हल्ला चलिसकेको थियो ।उनको राजिनामाको स्टन्टले शुक्रवार नयाँ मोड लियो । उनले राजिनामा फिर्ता लिए । रावलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाए । सबै नेताहरु र जनताको आग्रहमा राजिनामा फिर्ता लिएको अभिव्यक्ति दिएपछि उनलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना शुरु भयो । त्यो क्रम अझै रोकिएको छैन ।
कान्तिपुर दैनिकमा भीम रावलले सांसद पदबाट दिएको राजिनामा फिर्ता लिए शिर्षकमा छापिएको समाचारमा ३० घण्टामा एक हजार चार सय जनाले कमेण्ट गरेका छन् । ८८ जनाले शेयर गरेका छन् । र कमेण्ट गर्ने अधिकांशले रावललाई भद्दा गाली दिनुका साथै चर्को आलोचना गरेका छन् । तिनै मध्येका बिनोद कार्की लेख्छन्, फोकटमा आईरहेको तलब भत्ता अस्ति अरूले खान दिन्न भन्दा रडाको मच्चाउने अहिले आफैले चट्ट छोड्न काहा मन लाग्छ र कमरेड रु यो सबै नाटक नौटंकी हो, जनतालाई आँखामा छारो हाल्ने काम हो। हाहा लाज र सरम हरायेपछी यस्तै हो ।
हिमा कोईरालको प्रतिक्रिया यस्तो छ, जताजता फाइदा उतै उतै काइदा । राजनितिमा लाजको निति चाइ नहुने रैछ जे बोले पनि भयो, जे गरे पनि भयो आखिर कार्यकर्ताले ताली बजाउन थालिहाल्छन । यस्ता छेपारे नेताहरुले देश चलाउछन अनि देसको बिकास पनि के होस र ।
खनाल निरिज प्रतिक्रिया दिदै लेख्छन्,भिम रावल अहिले नेपाली राजनितीका यस्ता पात्र हुन जस्ले निखिल उप्रेतीले कान्तिपुर पब्लिकेसन्सबाट हाम फालेको भन्दा बढी स्ट्न्ट गर्छन, जस्ले सबै मिडियाको ध्यानाकर्षण गराउछ्न त्यो भन्दा बढी कै हैन।
गोकर्ण गुरागाई लेख्छन्, अप्ठ्यारोमा आफुलाई बचाउने हतकण्डा मत पनि दिनुनपर्ने,गुट पनि चेन्ज गर्नु परेको त्यसै डाक्टर भका हुन् र हाम्रा सुदूरपश्चिम रावल जी।
शरद न्यौपानको प्रतिक्रिया यस्तो छ, यिनीहरुका घृणित हर्कत देखेर लाज आफैं लजाईसक्यो ।
सीताराम कार्की लेख्छन्, यिनको राजीनामाले मुलुकलाई हुने घाटा के थियो र ? बहाली हुँदा फाइदै के थियो रु घुर्कीको राजनीति ।
द्धारिका करनजीत भन्छन्, सदर होस भन्ने चाहनाको साथ दिएको राजीनामा भए पो ? बाँदर घुर्की लाएर गरेको नाटक ।
ठगेन्द्र मगर भन्छन्, भीम रावलका पहिलेका गतिविधि लाई हेर्दा राम्रो र भविष्यका एउटा आश लाग्दा नेताको रूपमा जनताले हेरेका थिए । तर यिनले पनि आफ्नो औकात देखाई हाले । नाटक मञ्चन नै गर्नु थियो त पहिल्यै गरेकोभा हुन्थ्यो। गुमराहमा किन पार्नु अझै धेरै नाटक हेर्न पाइन्थ्यो त ? यद्दपि रावल समर्थित नेकपा एमालेका नेताहरुले राजिनामा फिर्ताको स्वागत गरेका छन् । सुदूरपश्चिमका कतिपय सांसदहरुले त रावलले राजिनामा फिर्ता नलिए आफूहरुले पनि पदबाट राजिनामा दिने घुर्की समेत दिएको बताईन्छ ।