Tuesday, September 26, 2023

नेपालमा केही दिन लगातार पानी नपर्ने मौसमविद्को पूर्वानुमान

साउन १०

नेपालको मनसुनी प्रणाली केही दिनका लागि सामान्यतर्फ उन्मुख भएको हुँदा अबको केही दिन लगातार वर्षा हुने सम्भावना रहेको छैन ।

नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा भारततर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार एक दुई दिनलाई अघिल्ला दिनहरूमा जस्तो लगातारको झरी वर्षाको सम्भावना देखिँएको छैन्। कतै कतै हल्का र थोरै स्थानमा भारी वर्षा हुने क्रम यथावत् रहने उनको भनाई छ । शनिबार पनि देशका अधिकांश स्थानमा कम वर्षा भएको छ ।

सोमबारबाट उच्च पहाडी र हिमाल छोएका जिल्लाहरूमा वर्षा हुने सम्भावना रहेको छ भने आइतबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ । (गोरखापत्र दैनिकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *