Saturday, September 23, 2023

अत्तरीयाबाट बैतडीको खोड्पे जाँदै गरेको ट्रक दुर्घटना

अत्तरीयाबाट बैतडीको खोड्पे जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ । न ५ प ८००७ नम्बरको ट्रक कैलालीको चुरे गाउँपालिका –५ स्थित गोपालेमा दुर्घटनामा परेको हो । 

शनिबार राति करिब १ बजेतिरको समयमा सो ट्रक दुर्घटनामा परेको हो । ट्रक अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

ट्रक चालक गोदावरी नगरपालिका २ तेघरीका २९ वर्षीय लोकराज भट्टराई र सह चालक बैतडीको पाटन नगरपालिका खोड्पेका अन्दाजी २३ वर्षीय नवीन कुँवर सकुशल रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *