Saturday, September 23, 2023

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडीमा पहिरोले एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका २ छेपट्टामा घरमाथिबाट खसेको पहिरोले स्थानीय धरम बोहराको घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

शनिबार राती खसेको पहिरोले घर पुरिँदा गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बोहराको परिवार अहिले आफन्तको घरमा बसिरहेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *