नेकपा एमाले केपी ओली पक्षधर युथ फोर्सले शक्ति प्रदर्शनमा गरेको फोहोर डा. गोविन्द केसीको समूहले उठाएको छ । शनिबार युथ फोर्सको र्यालीमा सहभागीले माइतीघर मण्डला आसपास गरेको फोहोर डा. केसी नेतृत्वको समूहले उठाएको हो । पानीका बोतल, टोपी, झण्डालगायत फोहोर व्यवस्थापन गरिएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए ।