Thursday, September 28, 2023

पत्रकार वीरेन्द्र रावलको जन्मदिन बन्यो गिट्टी कुट्ने मजदुरको लागि उपहार

धनगढी: युगअस्त्र दैनिनक धनगढीका प्रकाशक तथा वातावरण संरक्षणकर्मी वीरेन्द्र बहादुर रावलले कैलालीको खुटिया खोला किनारका बिपन्न परिवारहरुलाई खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गर्नु भएको छ ।

जन्मदिनको अवसर पारेर मानिसहरुले आजभोली फजुलको खर्च गर्ने अनि केक काटेर साथीभाईहरु संग रमाईलो गर्ने परम्परालाई अन्तय गर्ने सोचका साथ जन्मदिनलाई खुटिया खोलामा रहेका विपन्न महिला,बालबालिका र बृद्धबृद्धाहरुका माझ मनाएको उहाँले बताउनु भएको छ ।
  
तामझाम र तडक भडक गरेर जन्मदिनहरु मनाएर लाखौं रुपैया खर्च गर्ने परम्पराको अन्त्य गर्न र लोकतन्त्रमा विपन्न समुदायले भोग्नु परिरहेका समस्याहरुप्रति सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ मजदुरहरुका माझ जन्मदिवस मनाइएको कुरा पत्रकार रावलले बताउनु भएको छ । 
 
जन्म दिनको अवसरमा खुटिया खोलामा बिना मास्क,स्वास्थ्य सामग्रीको प्रयोगनै नगरेर गिट्टी कुटिरहेका महिला बालबालिका तथा बृद्धबृद्धाहरुलाई स्वास्थ्य चेतना बाँड्दै खोला किनारमा गिट्टी कुटिरहेका ६० जनालाई मास्क,साबृुन,भुजा,चाउँचाउ र लुगा धुने सोडा लगायतका सामग्रीहरु वितरण गरिएको कुरा युगअस्त्र दैनिकका प्रकाशक रावलले बताउनु भयो । यस अघिका बर्षहरुमा पनि मुक्त कमैया,बादी बालबालिका ,सुकुम्बासी क्षेत्रका अतिविपन्न र अपाङगता भएका परिवारहरुका माझ पनि राहत सामग्रीहरु प्रदान गरेर जन्मदिनहरु मनाइएको पनि प्रकाशक रावलले बताउनु भएको छ ।

पछिल्लो समयमा विकृतिका रुपमा मनाईदै आईरहेका जन्म दिनहरुलाई मानव सेवामा सर्मपित गर्दै  रचनात्मक बनाएर लैजानु पर्ने सोचका साथ विपन्न बर्गका माझमा जन्म दिन मनाएको पनि प्रकाशक रावलको जोड रहेको छ ।  समाजमा रहेका अति विपन्न,गरिव मानिसहरुलाई सामान्य भएपनि सहयोग गर्न सकेको खण्डमा धेरै राहत मिल्ने भएकाले जन्मदिनहरुलाई सेवामुखी बनाएर लैजानु पर्नेमा रावलले जोड दिनु भएको छ । हरेक बर्ष असोज १० गते लाई विगत १० बर्ष देखि रचनात्मक रुपले बर्षगाँठ मनाउँदै आएको र हाल सम्म ३५० जना भन्दा बढी मानिसलाई राहत र २०० जती विरुवा रोपिएको पनि पत्रकार रावलले बताउनु भयो । 

फोटो फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *