Tuesday, September 26, 2023

टोकियो ओलम्पिक : आयोजक जापानलाई अर्को स्वर्ण

जापानका युतो होरिगोमले टोकियो ओलम्पिकको स्केटबोर्डिङको पुरुष स्ट्रिट स्पर्धामा स्वर्ण पदक जितेका छन्। स्केटबोर्डिङ ओलम्पिकमा पहिलोपटक समावेश गरिएको हो। त्यसैले होरिगोम ओलम्पिकमा स्वर्ण जित्ने पहिलो स्केटबोर्डिङ खेलाडी बने।

उनले ३७.१८ अंक जोडे। ३६.१५ अंक जोड्ने ब्राजिलका होइफलर केल्भिन रजत पदक जिते। अमेरिकाका इटोन जगरले ३५.३५ अंक जोड्दै काश्य पदक जिते। जापाने तीन स्वर्ण र एक रजत पदक जितिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *