Thursday, June 1, 2023

‘द भ्वाइस अफ नेपाल’बाट बाहिरीन निहारिका

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ बाट निहारिका ज्ञवाली बाहिरिएकी छन् । शनिबार बेलुका भएको उत्कृष्ट ९ को प्रतिष्पर्धामा निहारिका बाहिरिएकी हुन् । निहारिका टीम प्रमोदबाट प्रतिष्पर्धामा थिइन् । भोट कम पाएपछि उनि प्रतिष्पर्धी शोबाट बाहिरीएकी हुन् । यस अघि शुक्रबार बेलुका भएको उत्कृष्ट १० को प्रतिष्पर्धामा कर्णराज बाहिरिएका थिए । 

योसँगै आगामी शुक्रबार उत्कृष्ट ८ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । टीम दीपबाट आर्यन तामाङ र गोभिन पुनबीच प्रतिस्पर्धा हुनेछ भने टीम राजुबाट सोनाम शेर्पा र तारा श्रीषबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै, टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराजबीच प्रतिष्पर्धा हुनेछ भने टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच प्रतिस्पर्धा हुनेछ ।

यो प्रतिष्पर्धापछि हरेक टीमले एक एक जना विजेता प्राप्त गर्नेछ । ८ प्रतिष्पर्धीहरुको लागि भोटिङ खुला गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

Leave A Reply

Your email address will not be published. Required fields are marked *