राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लिल टिकटक भिडियो बनाएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार झापाको मेचीनगर नगरपालिका ६ बर्मेली टोलका ३८ वर्षीय विकास भनिने सोमप्रसाद घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको अश्लिल टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ।
घिमिरेविरुद्ध मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो। उजुरी परेपछि घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरि साइबर मुद्दाका लागि काठमाडौँ पठाइसकिएको प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए।