Tuesday, September 26, 2023

सरकार सञ्चालनका मापदण्ड बनाउन गठित कार्यदलको बैठक बस्दै

 सत्तारुढ गठबन्धनका नेताहरु सम्मिलित कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्ति भएपछि उनी नेतृत्वको सरकार सञ्चालनबारे निश्चित मापदण्ड तयार पार्ने उद्देश्यले एक कार्यदल गठन गरिएको थियो । जसमा सत्तारुढ नेपाली, कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु सदस्य छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । गठबन्धनको सरकार भएकाले सबैलाई समेटेर लैजान मन्त्रालय बाँडफाड, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायतमा निश्चित मापदण्ड बनाउने भन्दै केही दिनअघि कार्यदल गठन गरिएको थियो ।

७ सदस्यीय कार्यदलमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेका छन् । सदस्यहरूमा भने कांग्रेसबाट खड्कासहित ३ जना, माओवादीबाट २ जना र जनता समाजवादीबाट २ जना रहेका छन् ।

आज अपराह्न ४ बजे बस्न लागेको कार्यदलको बैठकमा सरकार सञ्चालनबारे गठबन्धनमा आबद्ध दलहरुको मरामर्शमा साझा नीति तथा कार्यक्रम बनाउन र सरकारलाई आवश्यक सुझाव दिन महत्वपूर्ण छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *