Saturday, September 23, 2023

५२ दिन देखि हराएका पृथ्वी सार्की अझै भेटिएनन्—आफ्नो छोरा खोजिदिन प्रहरीलाइ सार्कीको आग्रह

खगेन्द्र अबस्थि

कैलालीको घोडाघोडी नगरपालिका वार्ड नम्बर ६ बस्ने रंगा सार्कीका १७ वर्षया छोरा पृथ्वी सार्की सम्पर्क बिहिन भएका छन् । सुस्त मनस्थिति भएका सार्की गत जेठ २० गते देखि घरपरिवार बाट सम्पर्क बिहिन रहेको पारिवारिक स्रोतले बताएको छ ।

“हराएका भाइको खोजीकार्य गरिदिनका लागी हामीले इलाका प्रहरी कार्यलय सुखडमा निवेदन समेत दिएका थियौं । तर अहिले सम्म पनि कुनै खबर पाएका छैनौं” । पृथ्वी सार्कीका दाई बलेन्द्र सार्कीले डेमोक्रेसि अनलाईनलाई भने । उनी हराएको सोहि दिन जेठ २० गते स्थानियले घोडाघोडी नगरपालिकाको वार्ड नम्बर ८ तारानगर मा देखेको भनेका थिए तर आज सम्म कुनै खबर पाउन नसकेको परिवार बताएको छ ।

यता, हराएका भनिएका सार्कीको खोजीकार्यमा आफुहरुले सबै आफ्नतलाई खबर गरिएको इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ ।
आफ्नो भाइ हराएको भोलिपल्ट नै इलाका प्रहरी कार्यलयमा दिबेदन दिएको तर खोजि भइरहेको र हामीले आफु मातहतका सबै कार्यलयमा हराएका पृथ्वीको फोटो लगाएतका जानकारी पठाएको बताएर आफुलाइ प्रहरीले फर्काउने गरेको सार्की परिवारले बताए ।

तर पनि आफु हरेक दिन भाइको खाजीमा बैनियाँ,लम्कि,सुखड,मुडा साडेपानी, भजनी लगाएतका ठाँउहरुमा खोजीकार्यको लागी जाने गरेको उनका दाई बलेन्द्रले बताए ।

हराएका व्याक्तिको हुलिया
घोडाघोडी नगरपालिका ६ घर भएका रंगा सार्कीका बर्ष १७ का पृथ्वी सार्की (सुस्त मनस्थिती )मानसिक सन्तुलन आशिंक गुमाएका ५.४ इन्च उचाइ भएका, गहुगोरोे वर्णका खुट्टामा चप्पल नभएको, सुस्त मनस्थिती भएका सार्की गत जेठ २० गते घरबाट हराएका हुदा कतै भेटिएमा नजीकैको प्रहरी कार्यलयमा खबर गरि सहयोग गरिदिन हुन परिवारले सबैमा आग्रह गरेका छन् सम्र्पक ९८६७०९६०७१,९८६५८०३९१८,९८२४६५७६९४।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 98

Leave A Reply

Your email address will not be published. Required fields are marked *