Saturday, September 23, 2023

विगतका गल्तीको समीक्षा गरेर पार्टीलाई अगाडि बढा‍औं : भीम रावल

माले उपाध्यक्ष भीम रावलले विगतका गल्ती र कमीजोरीको समीक्षा गरेर कार्यदलले दिएको सुझाव अनुसार पार्टी गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् । 

‘हिजो हामी दुईवटा पक्षका रुपमा थियौं । अहिले हामी एकताको नजिक छौं । सहमतिमा अगाडि बढ्न सक्छौं,’ उनले भने,’देशभरमा विभिन्न कमिटीमा संगठित र क्षमतावान् कार्यकर्ताहरुले हामीलाई हेरेका छन् । त्यसकारण अब विवादको क्षेत्र तथा कारणहरु बाँकी छैनन् । विगतका गल्ती कमजोरीलाई समीक्षा गर्ने बेला भएको छ । हिजोका दिन मन पनि फाटेका थिए । समयसँगै अब अन्तरविरोधहरु कम गर्दै जाँदा हट्दै जान्छन् । कार्यदलले सहमति गरिसकेको छ । अब अगाडि बढ्नुपर्छ । ‘

एमाले एकता अभियान सञ्चालन गरिरहेका एमालेका २७ जना सांसदहरुसँग छलफल गर्दै एमाले एकता कार्यदलका माधव नेपाल पक्षका संयोजकसमेत रहेका रावलले कार्यदलले दिएको १० बुँदै सहमति अनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *