कैलालीको अत्तरियामा होटल सुविधा सञ्चालनमा आएको छ । विभिन्न आर्कषक सेवा सुविधासहित करिब साढे ३ करोडको लगानीमा धनगढी – ४ उत्तरबेहडी बस्ने विनय खड्काले व्यक्तिगत लगानीमा होटल सञ्चालनमा ल्याएका हुन ।
प्रदेशको राजधानी भएपनि अत्तरियाका होटलहरुमा केही नयाँपन नभएका कारण आफुले केही नयाँ दिने मनसायले होटल सञ्चालनमा ल्याएको खड्काले बताए । होटलमा लजिङ्ग, फुडिङ्ग, रेष्टुरेन्ट तथा मिटिङ्गहल लगायतका सुविधाहरु रहेको उनले बताए ।
उनले ग्राहकलाई सहज र सुलभ रुपमा विभिन्न खाना नास्ता एवम् आवासको सुविधा होटलले दिने बताए । होटलमा लजिङ्गका लागी अटेज, ननअटेज, एसी तथा ननएसी १९ वटा कोठाहरु रहेको बताउदै उनले ग्राहकको अर्डर अनुसारका परिकारहरु पनि उपलब्ध रहेको बताए ।