Sunday, September 24, 2023

स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त

 कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद् श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । श्रेष्ठको नियुक्तिसँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्सीय बनेको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा कानुनमा ज्ञानेन्द्रबाहादुर कार्की, गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल नियुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *