Saturday, September 23, 2023

एकता कार्यदलले गरेको १० बुँदे सहमति अनुसार नै पार्टीलाई एकताबद्ध गर्नुपर्छ : भीम रावल

 नेकपा (एमाले)का बरिष्ठ नेता भीम रावलले एकता कार्यदलले गरेको १० बुँदे सहमति अनुसार नै पार्टीलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा एमाले एकताका लागि प्रयास गरिरहेका सांसदहरुले आयोजना गरेको छलफल कार्यक्रममा रावलले अहिले आफूहरु एकताको नजिक रहेकाले कार्यदलले जुटाएको सहमतिमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

विगतका गल्ती कमजोरीलाई समीक्षा गर्नुपर्ने र समयसँगै अब अन्तरविरोधहरु कम गर्दै लैजानुपर्ने उनले बताए । रावलले १० बुदे सहमतिका लागि अधिकतम प्रयास गरेको र यसलाई कार्यान्वयन गराउनका लागि सांसदसंग आग्रह गरिएको धारणा राखे । उनले एमाले एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

त्यस्तै सांसद कृष्ण प्रसाद दाहालले १० बुँदे सहमति हुँदाहुँदैपनि समस्याहरु समाधान हुन नसकेकाले एकतामा समस्या भएको बताए । स्वार्थ केन्द्रित विवादलाइ अन्त्य गर्नुपर्नेमा सांसदहरुको जोड रहेको उनले बताए ।

अन्य सांसदहरुले पनि १० बुँदे सहमतिकै सेरोफेरोमा रहेर नै पार्टीलाई एकताबद्ध गर्नुपर्ने जनाएका थिए । एमाले एकता अभियानमा रहेका सांसदहरुले कार्यदलमा रहेका दुवै पक्षका संयोजकसँग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *