Saturday, September 23, 2023

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ता भइसक्दा पनि प्राथमिकतामा नरहेको स्वास्थ्य मन्त्रालय मन्त्री विहिन भएपछि देउवाको चौतर्फी आलोचना हुन थालेको थियो । उनले स्वास्थ्य मन्त्रालय आफैसँग राखेर राज्यमन्त्रीमा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *