Thursday, September 28, 2023

सिरिज “दिल चुप छ” को प्रशारण आरम्भ

नेपाली चलचित्रको निर्देशनमा नवल नेपाल सफल मानिन्छन् । ‘श्रीमान्, महशुश, मारुनी’ जस्ता चलचित्रको निर्देशन गरेका नवल कोरोना महामारीका कारण चलचित्र निर्देशन गर्ने अवस्था नभएपछि सिरिज निर्देशनतर्फ लागेका छन् । उनले निर्देशन गरेको सिरिज ‘दिल चुप छ’को प्रशारण आरम्भ भएको छ । सिरिजमा नवलले वैवाहिक जीवनका आरोह अवरोह, विवाहित जोडीका समस्या र यसबाट उत्पन्न हुने परिस्थिती र पारिवारिक विचलनलाई प्रस्तुत गरेका छन् ।

दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । नवराज गिरी र सरस्वती गिरीको निर्माण रहेको यो सिरिजमा सरोज खनाल, सूर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *