Monday, September 25, 2023

सुनको भाउ तोलामा १०० रुपैँयाले बढ्यो चाँदीको भने स्थिर

 सोमबार  सुनको भाउ तोलामा १००  रुपैयाँले बढेको छ । प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन हिजो आइतबार भने ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनमा १०० रुपैँयाले बढनूका साथै तेजावी सुनमा पनि १०० रुपैँयाले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । हिजो आइतबार  यो सुनको मूल्य ९१ हजार ५०० रुपैँया थियो ।

यता, चाँदीको भाउमा भने  स्थिर भएको  छ  । हिजो आइतबार पनि एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार २७० रुपैयाँमा कारोबार हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *