Saturday, September 23, 2023

कैलालीमा ट्याङ्कर दुर्घटना

 कैलालीमा ट्याङ्कर दुर्घटना भएको छ । अत्तरिया-धनगढी ६ लेन सडकखण्ड अन्तर्गत गोदावरी नगरपालिका – १ मनहरा पुल नजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको ना ७ ख २७४९ नम्बरको खाली ट्याङ्कर दुर्घटना भएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याङ्कर  दुर्घटनामा दुर्घटनामा चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ का २३ वर्षीय पुरन देउवा र सह चालक २१ वर्षीय नवीन मल्ल घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइते दुबैको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भैइरहेको प्रहरीले जानकारी दिए । ट्याङ्कर अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *