सोमवार कोशी, नारायणी, महाकाली लगायतका नदीहरूमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने महाशाखाको भनाइ छ ।
महाशाखाले कर्णाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ ।
